Skip to content
Prabhu

मंगलबारका लागि यस्तो छ डलर, यूरो, जापानी येन र रियालको भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १० पैसा र बिक्रीदर १५८ रुपैयाँ ८१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०३ रुपैयाँ २४ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर २० रुपैयाँ ०५ पैसा र बिक्रीदर २० रुपैयाँ १४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०६ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal