एजेन्सी । इस्तानबुलको आईजीए विमानस्थलको उद्घाटन सन् २०१८ मा भएको थियो । छ वर्षमा यो विश्वको सबैभन्दा राम्रो कनेक्टेड एयरपोर्टका रुपमा घोषणा गरिएको छ ।
पूर्व र पश्चिमको मिलनविन्दु टर्कीमा रहेको यो विमानस्थलले विश्वभरि तीन सय नौ स्थानमा प्रत्यक्ष उडानहरू गर्दै आएको छ । तीमध्ये अधिकांश टर्किस एयरलाइन्ससँग सम्बन्धित छन् । जुन विश्वको कुनै पनि अन्य एयरलाइन्सको तुलनामा बढी देशहरूमा सेवा पु¥याउँछ ।
बर्सेनि नौ करोड यात्रुहरू यस विमानस्थल हुँदै यात्रा गर्छन् । जसले यसलाई विश्वको सातौं व्यस्त विमानस्थल बनाएको छ । यस विमानस्थलको वार्षिक क्षमता २० करोड यात्रुलाई सेवा दिनसक्ने छ ।
सन् २०२४ को पहिलो छ महिनामा हवाई यातायातले सन् २०१९ को तुलनामा बढी आएको छ । “युरोप र एशियाको मिलनविन्दुमा रहेको हाम्रो रणनीतिक स्थानले हामीलाई अन्तर्राष्ट्रिय यात्राका लागि महत्त्वपूर्ण हबको रूपमा सेवा गर्न अनुमति दिएको छ”, इस्तानबुल विमानस्थलका सीईओ सेलाहत्तिन बिल्गेनले एक वक्तव्यमा भनेका छन्, “हामीले कोभिड–१९ महामारीपछि सबैभन्दा छिटो पुनःउत्थान गरी आफ्नो पूर्व महामारीको यात्रु सङ्ख्या पाउन सफल भएको पहिलो विमानस्थल साबित गरेका छौँ ।”
मोस्ट कनेक्टेड विमानस्थलको सूचीमा तीन युरोपेली विमानस्थल छन् । दोस्रा नम्बरमा फ्रयांकफर्ट, तेस्रो नम्बरमा पेरिस चार्ल्स डे गोल र चार नम्बरमा एम्स्टर्डम सिपोल छन् ।
फ्रयांकफर्ट वित्तीय हब हो । जर्मन ध्वजवाहक लुफ्थान्सा, युरोपको ठूला विमान सेवामध्ये एकको आधार हो । सिपोल युरोपको केन्द्रमा राम्रोसँग अवस्थित छ । जसले यसलाई लन्डन हीथ्रो जस्तो ठाउँहरू भन्दा फाइदा दिएको छ । जुन टापुको किनारमा रहेको छ र यसको जनसंख्या घना भएको स्थानका कारण विस्तार योजनाहरू अवरुद्ध भएका छन् ।
अमेरिकामा मोस्ट कनेक्टेड विमानस्थल शिकागो ओ’हारे ४ नम्बरमा सिपोलसँग बराबरीमा छ । जसले २७० प्रत्यक्ष गन्तव्यहरूमा सेवा पु¥याउँछ । दुबई इन्टरनेशनल ६ नम्बरमा छ । जसले २६९ प्रत्यक्ष गन्तव्यहरूमा सेवा पु¥याउँछ ।
दुबईले सन् २०२३ मा करिब ८७ मिलियन यात्रुहरूको ह्यान्डलिङ गरेको थियो । जुन २०२२ को तुलनामा लगभग एक तिहाइ बढी हो । अमेरिकाको डल्लास फोर्ट वर्थ इन्टरनेशनल विमानस्थल ७ नम्बरमा छ । डल्लास फोर्ट वर्थ संयुक्त राज्य अमेरिकामा जमिन का हिसाबले दोस्रो ठूलो विमानस्थल हो ।
एसियाको शाङ्घाई पुदोङ अन्तर्राष्ट्रिय आठौं स्थानमा छ र एशियामा सबैभन्दा कनेक्सन भएको विमानस्थल हो । यस विमानस्थलबाट विश्वका २४३ प्रत्यक्ष गन्तव्यहरूमा पुग्न सकिन्छ ।
विश्वको सबैभन्दा व्यस्त यात्रु संख्याको आधारमा, एटलान्टा हार्ट्सफिल्ड–ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल । यो कनेक्सनका आधारमा नवौं स्थानमा छ । जसले २३७ प्रत्यक्ष गन्तव्यमा सेवा दिनसक्छ ।
सूचीको अन्तिम स्थान रोम लियोनार्दो दा भिन्ची फिउमिकिनो विमानस्थल छ । यो विमानस्थलले विश्वका २३४ प्रत्यक्ष गन्तव्यहरूमा सेवा पु¥याउँछ । यस वर्ष अप्रिलमा, रोमको यस विमानस्थलले विश्वकै उत्कृष्ट सुरक्षा प्रक्रियाको पुरस्कार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्