Skip to content
Prabhu

ढुक्क भएर लगानी गर्नुहोस्, सरकार व्यवसायका पक्षमा छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले हिजोको कुराबाट त्रसित नभएर व्यवसाय गर्नका लागि आग्रह गरे । आज काठमाडौंमा नाडा अटो सो २०२४ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अहिलेको सरकार सबै क्षेत्रमा सुधार गर्न तयार रहेको भन्दै व्यवसायीलाई ढुक्क भएर काम गर्नका लागि उनले अनुरोध गरे ।

‘विगतका कुराबाट त्रसित नहुनुहोस् । अहिलेको सरकार व्यवसायीहरुलाई सक्दो सहयोग गर्छ,’ उनले भने । सबै क्षेत्रमा सुधारका लागि सरकारले काम गर्ने भन्दै उनले व्यवसाय मैत्री वातावरणका लागि सरकार तयार रहेको उनले बताए ।

‘नेपालको हिसावमा अहिलेको जस्तो स्थिर सरकार बन्न सने अवस्था छैन । त्यसैले व्यवसायीका लागि मात्रै होइन सबै क्षेत्रका लागि यो स्थिर सरकार नै हो,’ उलने भने ।

ईभीको लागि पनि सरकारले समय सान्दर्भिक नीति बनाउने उनको भनाइ छ । मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्न नसकेको भए त्यसमा सुधार गर्न सरकार तयार रहेको उनले बताए ।

आयोजना सुरु गरेपछि समयमा नसिकने गरेकाले समस्या रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । सरकार अहिले गुणस्तरीय र समयमा आयोजना सक्नेतर्फ लागेको पनि उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal