Skip to content
Prabhu

स्थायी नीति भएको खण्डमा व्यवसायीहरु लगानी गर्न तयार छन्ः अध्यक्ष चौधरी

काठमाडौं । नेपाल अटो मोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले नाडा अटो सो व्यवसायीहरुका लागि दशैं जस्तै महत्वपूर्ण चार्ड भएको बताएका छन् । आज काठमाडौंमा नाडा अटो सो २०२४ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।

सुरुवाती चरणमा बिक्रीका लागि सुरु गरिएको भए पनि अहिले भने यो माभिलिटिको रुपमा स्थापना भएको उनको भनाइ छ । समम्पूर्ण अर्थतन्त्रलाई नाडाले नेतृत्व गर्न सक्ने भन्दै यसलाई सरकारले पनि महत्व दिनुपर्ने उनले बताए । अहिले निकै असहज अवस्थामा रहेको भन्दै व्यवसायीको जीविकाको आवश्यकता रहेको उनको भनाइ छ ।

अटो व्यवसायीहरुलाई सामान्य सुधार मात्रै चाहिएको उनले बताए । सरकारको स्थायित्व हुने आशा रहेको भन्दै सरकारले हेर्ने नजर परिवर्तन हुनुपर्ने उनको भनाइ छ । ‘पारदर्शी व्यवसाय हुँदा पनि हामीलाई हेर्ने नजर नकारात्मक रहेको छ । व्यवसाय स्वच्छ छैनन भन्ने भाव देखिन्छ । यो कदापि होइन,’ उनले भने, ‘अटो मोबाइल भन्ने व्यवसाय पनि थिए भन्ने इतिहास नबनोस ।’

रोजगारी र राजश्वमा पनि अटोको उल्लेख्य योगदान रहेको भन्दै यसलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको जिकिर छ । वातावरण मैत्री नीति सरकारले लिन जरुरी रहेको छ । यसका लागि सरकारले नीति बनाइदिनु पर्ने उनको भनाइ छ । विगतका नीतिले व्यवसायीलाई टाढा पठाइरेको उनको जिकिर छ ।

‘लक्जरी मात्रै भनिएको छ । तर, अहिले आवश्यकता भसकेको छ । कोभिडको समयमा साना सवारीले ठूलो योगदान दिएको थियो । यो नेपाली जनताको आवश्यकता भइसक्यो,’ उनले भने ।
मौद्रिक नीतिले हाम्रो क्षेत्रलाई कुनै पनि सम्बोधन नगरेको उनको गुनासो छ ।

स्थिरता के हो भन्ने कुरा महशुसग गर्न नसकिएको उनको भनाइ छ । ‘चार्जिङ स्टेसनका लागि लगानी गर्न व्यवसायी तयार छन् तर नीति स्थिर हुनु पर्छ,’ उनले भने । व्यवसायी आन्दोलन गर्न सक्ने अवस्थामा नभएकाले देशमा नै बसेर काम गर्ने बातावरण बनाइ दिनका लागि अउनले अर्थमान्त्री विष्णु पौडेलसँग आग्रह गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal