Skip to content
Prabhu

मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउन नाडाले सहयोग पुग्छः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि नाडा अटो सोले सहयोग पुग्ने बताएका छन् । आज काठमाडौंमा नाडा अटो सो २०२४ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

सवारी साधानका लागि करका दरहरु कम गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै सवारीको दायरा बढाउनुपर्ने उनले बताए । चार्जिङ स्टेसन पनि निर्माण गर्नुपर्ने अवस्था छ । पछिल्लो समय अर्थतन्त्र संकुचन रहेको भन्दै अध्यक्ष अग्रवालले यसलाई सुधार गर्नुपर्ने बताए ।

सरकारले अर्थतन्त्र चलायमान बनाउनका लागि काम गर्नुपर्ने उनको भनाइ छ । सेयर बजारले लिएको गतिशीलतालाई कायम गर्दै अन्य क्षेत्रलाई पनि सहज बनाउनु पर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए । सरकारले बिलम्ब नगरी अर्थतन्त्र सुधारका लागि काम गर्नुपर्ने उनले बताए । त्यसका लागि व्यवसायीहरु सहयोग गर्न तयार रहेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal