Skip to content
Prabhu

रिभर फल्स पावरको नाफा ६ करोड बढी

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्षमा ६ करोड भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी अन्तिम त्रैमासिकसम्म आइपुग्दा १८ करोड २४ लाख पुगेको छ । सो अवधिसम्ममा कम्पनीको अन्य आम्दानी १४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च १८ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

गत आवको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ १४ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.८७ गुणा रहेको छ । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९ लाख ९४ हजार रुपैयाँ छ । कम्पनीले २०८० साउन २५ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal