Skip to content
Prabhu

दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा समग्रमा बजार घट्दा पनि दोल्तीको सेयर मूल्यमा भने उच्च वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।

दिउँसो दुई बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँ ८० पैसाले बढेर ६७९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो ।

आजका सेयर बजार कारोबार जारी रहँदा समग्र बजार भने करिब ३ प्रतिशतले घटेको छ । दुई बजेसम्मको अवधिमा सेयर बजार २.९८ प्रतिशतले घटेको छ । परिसूचक ८६ दशमलव ४९ अंकले घटेर २८०८ दशमलव ०८ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ११ अर्ब ५४ करोड बढीको मात्रै कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal