Skip to content
Prabhu

नेप्सेमा पहिरो जाँदा पनि ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आज सेयर बजारमा भारी पहिरो गयो । सबै समूह राताम्य भएर बन्द भएको दिन २० वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । त्यसमध्ये पनि तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको हो ।

मंगलबार सेयर बजारमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य १२९ रुपैयाँ ४० पैसाले बढेर १ हजार ४२३ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि ३४२ रुपैयाँ २० पैसाले बढेर ३ हजार ७६४ रुपैयाँ ३० पैसा पुगेको छ । मंगलबार दोल्ती पावरको सेयर मूल्य पनि ६१ रुपैयाँ ८० पैसाले बढेर ६७९ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा आज थ्रीस्टार हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंक छन् । आज थ्रीस्टार हाइड्रोको सेयर मूल्य १०२ रुपैयाँले बढेर १ हजार १४२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ९.८१ प्रतिशतले बढी हो । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.४५ प्रतिशत अर्थात् ६४ रुपैयाँले बढेर ७४१ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal