Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै गुमाउने शीर्ष पाँच कम्पनी

काठमाडौं । मंगलबार सेयर बजार राताम्य हुँदा २२३ कम्पनीको सेयर मूल्य घटेर बन्द भयो । सेयर बजार १११ अंकले घटेको दिन नेपाल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए ।

नेपाल फाइनान्सको सेयर मूल्यमा आज नकारात्मक सर्किट नै लागेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २०३ रुपैयाँले घटेर १ हजार ८२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतको गिरावट हो । त्यस्तै आज धेरै घट्ने कम्पनीमा रिडी पावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य ८.५८ प्रतिशत अर्थात् २३ रुपैयाँले घटेर २४५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै मंगलबार नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १९ रुपैयाँ १० पैसाले घटेर २२९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ७.६७ प्रतिशतले कम हो । मंगलबार शिभ श्री हाइड्रोवारको सेयर मूल्य पनि ७.४८ प्रतिशतले घटेर बन्द भएको छ ।

यो कम्पनीको सेयर मूल्य १८ रुपैयाँ ७० पैसाले घटेर २३१ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ । आज धेरै घट्ने शीर्ष पाँच कम्पनीभित्र परेको घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य १९ रुपैयाँले घटेर २३६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal