Skip to content
Prabhu

स्टार माइक्रो इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु निष्कासनका लागि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा भदौ ९ गते हस्ताक्षर भएको हो । सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रतिकत्ता १०० रुपैयाँ अंकित दरका सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि.२०७९ साल पुष १४ गते दर्ता भएर २०८० सालको भदौ १ गते देखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal