Skip to content
Prabhu

एप्पलले घोषणा गर्यो आइफोन १६ को सार्वजनिक मिति

एजेन्सी । एप्पल कम्पनीले सेप्टेम्बरमा एउटा महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ । जहाँ आइफोन १६ सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
सेप्टेम्बर ९ सोमबार कम्पनीले आयोजना गर्ने कार्यक्रमलाई ग्लो टाइम नाम दिइएको छ । यो कार्यक्रम स्थानीय समयअनुसार विहान १० बजे एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा आयोजना हुनेछ ।
यद्यपि ग्लोटाइम आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई नै सम्बोधन गरिएको हो वा होइन भन्ने अझैसम्म पनि यकिन भएको छैन । एप्पलले आइफोन १६ मा एआईको प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
गत जुन महिनामा वर्ल्डवाइड डेभलपर्सको वार्षिक सम्मेलनमा  एप्पलले जुनेरेटिभ एआईको विशेषता भएको आइफोन ल्याउने घोषणा गरेको थियो । कम्पनीले तत्कालीन समयमा एप्पल इन्टेलिजेन्स सार्वजनिक गरेको थियो । एप्पलको जेनेरेडेट इमोजी स्मार्टर सिरीका रुपमा लिइएको छ । जसले सबै प्रकारका उत्तर दिन सक्ने जनाइएको छ । जसमा तपाईको इमेलदेखि प्रेमिका आउने समयबारे् समेत जानकारी दिने दाबी गरिएको छ ।
आइफोन १६ पहिलो एआईका सम्पूर्ण विशेषता भएको मोबाइल हुने समेत दाबी गरिएको छ । कम्पनीले यसअघि पनि मोबाइलमा एआईका विशेषता समावेश गरेको थियो
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal