Skip to content
Prabhu

डेल्टा विमानका दुई कर्मचारीको मृत्यु

एजेन्सी । एटलान्टामा विमान मर्मत  गर्दा घाइते भएकाले डेल्टा एयरलाइन्सका दुई कामदारको मृत्यु भएको छ ।  उनीहरुले डेल्टा विमानको पांग्रा र ब्रेक सपमा आज स्थानीय समय अनुसार मंगलबार विहान मर्मत  गरिरहेका थिए । हालसम्म घटना कसरी भयो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।
दुर्घटनामा ५८ वर्षे मिर्को मारवेज र ३७ वर्षे लुइस अलडोनोडो रहेको जनाइएको छ । तर घाइतेहरुको परिचय भने खुलाइएको छैन । हाल उक्त घटनामाथि अनुसन्धान सुरु भएको जनाइएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal