Skip to content
Prabhu

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदै छ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधानसेनापति छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal