Skip to content
Prabhu

४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार भएको दिन ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजार परिसूचक (नेप्से) ३ दशमलव ८० अंकले बढेको दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको सेयर बजार कारोबार बन्द हुँदा लिवर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छ । बुधबारको कारोबार बन्द हुँदा लिवर्टी इनर्जिको सेयर मूल्य २८ रुपैयाँ ३० पैसाले बढेर ३११ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

त्यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य पनि ४२ रुपैयाँले बढेर ४६२ रुपैयाँमा कारोबार बन्द भएको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ९० रुपैयाँ ५० पैसाले बढेर ९९५ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ ।

आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३७५ रुपैयाँ ७० पैसाले बढेर ४ हजार १४० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । आज माईखोला हाइड्रोपावरको सेयर मूल्य पनि ९.९३ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ५९ रुपैयाँले बढेर ६५३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal