Skip to content
Prabhu

कर्णाली डेभलपमेन्ट बैंकसहित धेरै सेयर मूल्य घट्ने ५ कम्पनी

काठमाडौं । बुधबार सेयर बजार सामान्य सुधार भएको दिन कर्णाली डेभलपमेन्ट बैंकसहितका कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोरेका छन् । आजको सेयर कारोबार बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, मल्टीपर्पस पाइनान्स कम्पनी र नविल ब्यालेन्स फण्ड–३ का लागानीकर्ताले सबैभन्दा धेरै गुमाएका हुन् ।

बुधबारको कारोबार बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ५१ रुपैयाँले घटेर ६९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.८८ प्रतिशतले कम हो । त्यस्तै आज स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि ५८ रुपैँयाले घटेर १ हजार ६६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.१६ प्रतिशतले कम हो ।

त्यस्तै आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य पनि ५.१६ प्रतिशत अर्थात २७ रुपैयाँ २० पैसाले घटेर ५०० रुपैयाँमा कारोबार बन्द भएको छ । मल्टीपर्पस फाइनान्सको सेयर मूल्यमा पनि आज ४.९४ प्रतिशतको गिरावट आएको छ । बुधबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँले घटेर ७७० रुपैयाँ पुगेको छ ।

आज धेरै घट्ने कम्पनीको पाँचौँ नम्बरमा रहेको नविल ब्यालेन्स फण्ड–३ को सेयर मूल्यमा ४.८५ प्रतिशतको गिरावट आएको छ । आज यो स्टकको सेयर मूल्यमा ०.४८ रुपैयाँले कमी आएर ९ रुपैयाँ ४२ पैसामा कारोबार बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal