Skip to content
Prabhu

नेप्सेको आगनमा तयार हुँदै बढेमानको साँढे

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्राङ्गणमा बढेमानको साँढे देख्न पाइने भएको छ । नेप्सेले आफ्नो आगनमा साँढे (बुल) को प्रतिमा निर्माण गरिएको छ । यो निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

नेप्सेको आँगनमा निर्माण हुन लागेका बुलको ललितपुर पाटनका कालीगढले निर्माण गरिएका छन् । बुलको निर्माणका ढलौटको काम अहिले धमाधम भइरहेको छ । यसको उचाइ ६ फिट र लम्बाइ ८ फिट रहनेको छ भने बुलको तौल भने ६ टनको रहने जनाइएको छ ।

बुलको निर्माणका लागि १ करोड ६८ लाख रुपैयाँ रकम लाग्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेप्सेमा बन्ने बुल ६ फुट उचाइ र ७ फुट लम्बाइ हुनेछ । यस्तै बुलको तौल १२ सय दखि १३ सय किलो हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

मूर्ति अबको २ महिनामा हुने प्रवक्ता पराजुलीले जानकारी दिए । यो भूकम्पपछिको पुनः निमार्ण अन्तर्गतको एक पाट भएको उनले भनाइ छ । ‘यो भूकम्पपछिको पुनर्निर्माणको एक पाट हो । यो काम अबको २ महिनामा सकिन्छ भनिएको छ । बाँकी कामका लागि अझै केही समय लाग्छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal