Skip to content
Prabhu

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको नेपाल कार्यसमिति अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारण सभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा होटल सोल्टी, कालीमाटी, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त अवसरमा बोल्नु हुंदै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्नुका साथै आइसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रबर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रबर्द्धनका साथै पर्यटन प्रबर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिएका थिए ।

सबैका लागि शान्ति, समृध्दि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ । तटस्थता र स्वतन्त्रता आइसीसीका यस्ता निर्धारक क्षमताहरु हुन जसले विश्वभरिका नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थाहरुसित सम्बन्ध विकास गर्न मद्दत गर्दछ। र, आइसीसीले विश्वव्यापीरुपमा सीमापार व्यापारका लागि ठूला र साना व्यवसायीहरुलाई दिने सेवा र सुविधा आफैमा एक मानक हुनाका साथै यसको परिचय बनेको छ ।

यसै उद्देश्यअन्तर्गत नेपालमा गठित यस आइसीसी नेपालको सम्पन्न साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । र, उनको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु निर्वाचित भएका छन् ।

जसअनुसार निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैंकिङ क्षेत्रको उपाध्यक्षमासुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुकोतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा भएका छन् ।

यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएकाा छन् ।

कार्यसमिति सदस्यहरुमा भने क्रमशः  ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुन  शर्मा, सुदेश खालिङ, रमेशप्रसाद शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएका छ न् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal