Skip to content
Prabhu

एनआईसी एसिया बैंकको ‘एनआइसी एसिया क्बल कार्ड, यती एयरलाइन्ससँग सहकार्य

काठमाडौं । एनआईसी एसिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआइसी एसिया स्काइ क्लब कार्ड’ सार्वजनिक गरेको छ।

भिसाको–ब्रान्डेड कार्डका रूपमा सार्वजनिक कार्ड यती एयरलाइन्स तथा बैंकका ग्राहकले प्राप्त गर्न सक्नेछन् भने कार्ड प्रयोग गरेर यतीको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधा उपलब्ध गराइनेछ।

उक्त सम्भौताअनुसार यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर कार्डबाट ई–कमर्स भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्न सकिनेछ।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ। कार्ड प्रयोग गरेबपत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्डमा उपलब्ध सम्पूर्ण सुविधा एवं छुट प्राप्त गर्न सकिनेछ। साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकले छुटको लाभ लिन सक्ने छन्।

यो कार्ड लिनका लागि ग्राहक महानुभावहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नुहुनेछ । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्ने भन्ने बैंकले विश्वास लिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal