Skip to content
Prabhu

सशस्त्र प्रहरीका ४ डीआइजीको सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव हानिरीक्षक (डीआईजी) हरुको सुरूवा गरिएको छ । नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तर)को भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुमा सरूवा गरिएको हो ।

सशस्त्र प्रहरी मुख्‍यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल न–५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ । यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्‍यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा सरूवा गरिएको छ ।

यसैगरी राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरवारमा कार्यरत डीईजी प्रदीप कुरमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं–५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा पठाइएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोतसाधन विभागमा कार्यरत डरुीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नं–६ महेश्वरी बाहिनी मुख्‍यालय सुर्खेतमा सरूवा गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal