Skip to content
Prabhu

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार (आज) गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उद्यर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।

यस समितिको सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा उर्जा उद्येमी कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् । समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाएको छ ।

काठमाडौंको जमल स्थिति चेम्बर अफ कमर्शको आफ्नै कार्यालयमा भएको समारोहमा कमर्शका अध्यक्ष कमलेश अग्रवालले समितिका सवै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal