Skip to content
Prabhu

कुमारी क्यापिटलका दुई बन्दमुखी योजनाहरूको बुकक्लोज मिति तय

काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् ।

गत आर्थिक वर्षका लागि एकाईधनीहरुले करसहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भदौ १९ गते बुकक्लोज गर्ने भएका हुन् ।

यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम एकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन् । यी कोषहरुको कोष प्रबर्द्धक कुमारी बैंक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal