Skip to content
Prabhu

हिमालयन लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी विनयकुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal