Skip to content
Prabhu

 ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ४५० रुपैयाँ तोकिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal