Skip to content
Prabhu

कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार कारोबार जारी रहँदा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटिएरहेको अवस्थामा पनि यो स्टकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दिउसो सवा १ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य १८४ रुपैयाँ ७० पैसाले बढेर २ हजार ३१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूच कभने ५३ दशमलव ८३ अंकले घटेको छ । यो अघिल्लो दिनको भन्दा १.९३ प्रतिशतले कम हो ।

दिउसो सवा १ बजेसम्मको अवधिमा सेयर बजारमा ५ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal