Skip to content
Prabhu

नेपाली जहाज आईकाओ र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो ?- सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बिहीबारको प्रतिनिधिसभामा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले नेपाली जहाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन संगठन (आईकाओ) र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो भनि सोधे । ‘नेपाली जहाज झन्डै ११ वर्षदेखि ईयूको आकाशमा प्रतिबन्धित छन् । आईकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?,’ उनले प्रश्न गरे ।

राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको आरोप उनको छ । उनले प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बने पनि त्यसको कार्यान्वयन नहुने गरेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal