Skip to content
Prabhu

नेपाल एयरलाइन्सका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको त होइन ? –रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेनमा ग्राउण्डेड गराएको हुन सक्ने आशंका गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउन्डेड हुन पुगेको गुनासो जनस्तरमा रहेको बताएका हुन् ।

‘विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरुमा सञ्चालित कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन’, उनले भने । सी चेकका लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उल्लेख गर्दै उनले थपे, ‘इटालीमा ९० दिन भन्दा धेरै भइसक्यो, जहाँ दैनिक रुपमा हामी ३ हजार भन्दा बढी पार्किङ चार्ज तिरिराखेका छौं ।’

हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोडभन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डिेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरेका हुन् । ‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरू कम्पनीले अरू सञ्चालितहरुलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पु¥याइएको हो कि भन्ने पनि आशंका छ’ सांसद झाले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal