Skip to content
Prabhu

सेयर बजारमा दोहोरो अंकको गिरवाट, परिसूचक ३६ अंकले घट्दा कारोबार १२ अर्बमा सीमित

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३६ दशमलव ८३ अंकले घटेर बन्द भएको हो।

बिहीबारको कारोबार बन्द हुँदा परिसूचक २७४९ दशमलव ५७ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.३२ प्रतिशतले कम हो । आज सेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य घट्यो भने ४८ कम्पनीको मात्रै मूल्य बढ्यो । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यो हप्ताको अन्तिम दिनको कारोबारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरवटा आएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएको बजारमा आज १२ अर्ब २४ करोडभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर १ लाख ४६ हजार २०४ पटक खरिद बिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३५ अंकले घटेर ४८९ दशमलव ७९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसूचकको सेयर मूल्य घटेको छ । बिहीबारको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal