Skip to content
Prabhu

ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनद्वारा तीन विधामा जनही तीन लाख राशीको पुरस्कार प्रदान

काठमाडौँ । ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले विभिन्न तीन ओटा विधामा फरक फरक क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्तिहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको हो ।

फाउन्डेसनले यस वर्ष पर्यटन पत्रकारितातर्फ कान्तिपुर दैनिकका सुरज कुँवर, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट एन्टी पोचिङ युनिट, चितवन राष्ट्रिय निकुञ्ज कसरा र दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही तीन लाख रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान समयमा पर्यटन र वातावरणको संरक्षण विश्वव्यापी मुद्धा बनेको र यसमा नेपालले सकारात्मक योगदान पुर्याएको बताए ।

पूर्वप्रधानन्यायाधीश एवम् फाउन्डेसनका संरक्षक कल्याण श्रेष्ठले पवित्र उद्देश्यसहित स्थापित फाउन्डेसनले अत्यन्त पारदर्शीतासहित सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मानित गरेको बताए । फाउन्डेसनलाई भविष्यमा अध्ययन अनुसन्धानमा पनि लगानी गर्न सुझाव दिदैं उहाँले समाजमा सकारात्मकता पैदा गर्न यस्ता प्रयास हुनु आवश्यक रहेको धारणा राखे ।

फाउन्डेसनका संस्थापक बसन्त मिश्रले नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेकोले पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal