Skip to content
Prabhu

आज अर्थसहित ८ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज अर्थसमितिसहित प्रतिनिधिसभा अन्तर्गतको ८ वटा संसदीय समितिको बैठक बस्दै छ । जसमा अर्थ समितिको बैठक बिहान ९ बजेबाट सुरु भएको छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यस्तै, आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पनि बैठक बस्दै छ ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal