Skip to content
Prabhu

माछापुच्छ्रे बैंकका ग्राहकले बिग मार्टमा डिजिटल माध्यमबाट पैसा तिर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । माछापुच्छ्र्रे बैंक र मेगा मार्ट प्राइभेट लिमिटेड (बिगमार्ट) बीच डिजिटल कारोबारलाई प्रबर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

देशभरि रहेका बिगमार्टका आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पउने सम्बन्धमा सो सम्झौता भएको हो ।

यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ११ शाखारहित बैंकिङ्ग सेवा, २ सय एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal