Skip to content
Prabhu

नेरूडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ७२ हजार १५९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर नकिनेको खण्डमा भने सो सेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal