Skip to content
Prabhu

हवाई उडानमा टर्बुलेन्सः आकस्मिक अवतरण, सात यात्रु घाइते, एक गम्भीर

एजेन्सी । युनाइटेड एयरलाइन्सको मक्सिकोको क्यानकुनबाट अमेरिकाको शिकागोको एउटा उडानमा टर्बुलेन्सका कारण सात जना यात्रु घाइते भएका छन् । टर्बुलेन्सका कारण विमानलाई मेम्फिसमा आपतकालीन अवतरण गरिएको एयरलाइन्सले जनाएको छ ।
बोइङ ७३७ विमान प्रतिकुल मौसमका कारण मेम्फिसमा आकस्मिक अवतरण गर्नुपरेको जनाइएको छ । घाइते यात्रुमध्ये एक जनालाई अस्पताल लैजानुपरेको थियो ।
मे महिनामा सिंगापुर एयरलाइन्सको उडानका क्रममा टर्बुलेन्सका कारण एक यात्रीको मृत्यु भएको थियो भने उक्त घटनामा ७१ जना घाइते भएका थिए । पाँच सेकेन्डभन्दा कम समयमै ५४ मिटरको उचाइ कम भएको उक्त विमानलाई तत्कालीन समयमा बैंककमा डाइभर्ट गरिएको थियो ।
यस प्रकारका दुर्घटनाहरू दुर्लभ भए पनि, विज्ञहरूले जलवायु परिवर्तन र मौसमका ढाँचाहरूमा आएको परिवर्तनका कारण यसप्रकारका घटना बढ्दै गएको बताएका छन् ।
युनिभर्सिटी अफ रिडिङको अध्ययनले विगत चार दशकमा यसप्रकारका गम्भीर घटनाहरू ५५ प्रतिशतले बढेको छ । जसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्ने गरिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal