Skip to content
Prabhu

नेपालको पर्यटन प्रबर्द्धन गर्दै सकियो पाटा ट्राभल मार्टको ४७ औँ संस्करण

बैंकक । नेपालको पर्यटकीय उपजहरुको प्रबर्द्धनका साथै विदेशी क्रेता तथा बिक्रेतामा पर्यटकीय प्याकेज आदानप्रदान गर्दै यहाँ आयोजित पाटा ट्राभल मार्टको ४७औँ संस्करण सम्पन्न भएको छ ।

दिगो पर्यटन विकासमा अन्तरदेशीय साझेदारी, गन्तव्य प्रबर्द्धनमा सहकार्यलगायत विषयमा सामूहिक पहलकदमी लिने प्रतिबद्धतासहित पर्यटन क्षेत्रको महत्त्वपूर्ण मेला आयोजना गरिएको हो ।

प्यासिफिकएसिया ट्राभल एशोसिएसन (पाटा) द्वारा आयोजितपाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट नौ सयभन्दा बढी प्रतिनिधिहको सहभागिता थियो । जसमा विभिन्न २४ गन्तव्यका एक सय ६८ बिक्रेता संस्थाबाट दुई सय ६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका एक सय ७३ संस्थाबाट एक सय ९१ क्रेताहरू थिए ।

पर्यटन क्षेत्रको कुम्भ मेलाका रुपमा लिइने उक्त मार्टमा नेपालबाट सरकारी र नजी क्षेत्रका १८ कम्पनीको सहभागिता थियो । यो वर्षको मार्टमा पाटा गोल्डलगायत प्रतिष्ठित पुरस्कार पनि नेपालले प्राप्त गरेको छ । पाटाको मुख्यालय थाइल्याण्ड स्थानान्तरणको २५औँ वर्षको विशेष अवसरमा थाइल्याण्डको राजधानी बैंककस्थित ‘ क्वीनसिरिकिट नेशनल कन्भेन्सन सेन्टर’ मा मार्ट आयोजना गरिएको थियो ।

विश्वभरका सबभन्दा सक्रिय पाटा च्याप्टरहरू पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावनाअनुरुप पर्यटन क्षेत्रको प्रबर्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिको सम्मान स्वरुप’ पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेमलकाई, निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुर, महासचिव नरेन्द्र भट्ट र प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले यही भदौ १३ मा द अवाण्डण्ड म्यान्सन बैंकक ९द कोच होटल० मा आयोजित पाटा पावर अफ नेट वर्किङ कार्यक्रमको क्रममा उक्त पुरस्कार ग्रहण गरेका थिए ।

सर्वोत्कृष्ट च्याप्टरका रुपमा पुरस्कार प्राप्त गरेकोमा अध्यक्ष लकाइले भन्नुभयो, “कारण महत्त्वपूर्ण हैनकीस नतिजा महत्त्वपूर्ण हुन्छ । पाटा नेपाल च्याप्टरले चुनौतीपूर्ण समयमा गरेका काम अहिले विश्वभर मान्यता पाएको छ, र हामी नेपाल टिमको रूपमा गौरवान्वित भएका छौँ । हामी हाम्रो देशको पर्यटनमार्फत साझा समृद्धिमा विश्वास गर्छौं ।’

त्यसैगरी भदौ १२ मा आयोजित पाटा गोल्ड अवार्ड कार्यक्रममा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपीड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एण्ड सोसियल रेस्पोन्सी बिलिटी’ विधामा ग्राण्ड टाइटल विजेता अवार्ड प्रदान गरियो।

पाटा ट्राभल मार्टमा नेपाल पेभिलियनअन्तर्गत सहभागी १८ वटा पर्यटन सेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स, हेरिटेज टुर्स एण्ड ट्राभल्स, लेमन ट्री प्रिमियर, भृकुटी हिमालयन ट्रेक्स, डेस्टिनागो टुर्स एण्ड ट्राभल्स, होटल हिमालय, एक्सपेडिसन हिमालय र होटल रत्नसँभवा थिए ।

समुदाय होमस्टे नेटवर्क, लक्जरी डीएमसी ट्राभल्स, हिमालयन होलिडेज ट्रेकिङ, बुद्धिस्ट सर्किट्स डट कम, सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटी, केजि एच ग्रुप अफ होटल्स, युरो एसिया टुर्स एण्ड ट्राभल्स, माउन्टेन टाइगर नेपाल, भिजिट हिमालय ट्रेक्स, अफ द वाल ट्रेकिङ र नेपाल योगाहोको सहभागिता थियो ।

पाटाका प्रमुखकार्यकारी अधिकृत नूर अहमदहमिदले पाटा ट्राभल मार्टले एसिया प्यासिफिक पर्यटनको भविष्यप्रतिको सामूहित प्रतिबद्धतालाई उजागर गरेको बताए । उनले भने, ‘मार्टले यस क्षेत्र र बाहिरका उच्च गुणस्तरका खरिदकर्ता र बिक्रेताका लागि प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दछ ।

यसले दिगो पर्यटन विकासलाई प्रबर्द्धन गर्ने संस्थाको लक्ष्यलाई झल्काउँछ र बैंककमा यस वर्षको कार्यक्रमको आयोजनाले एसिया प्यासिफिक क्षेत्रभित्र नवीनता र सहयोगलाई बढावा दिँदै थाई पर्यटन सङ्गठनसँग पाटाको स्थायी साझेदारीलाई जोड दिएको छ ।’

एसिया प्यासिफिकमा एक अग्रणी माइस गन्तव्यको रूपमा थाइल्याण्डको प्रतिष्ठा कायम राख्ने हाम्रो साझा प्रतिबद्धतालाई बलियो बनाएको उनको भनाइ थियो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत बुडालले पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्वबजारमा यसको अतुलनीय आकर्षण र पर्यटन उपजको प्रवर्द्धन गर्न सहयोग पुगेको बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal