Skip to content
Prabhu

साताको सेयरः नेप्सेमा ७.५६ प्रतिशतको गिरावट, लगानीकर्ताले गुमाए साढे ३ खर्ब

काठमाडौं । यो साता नेपाली धितोपत्र बजारका लगानीकर्ताहरुले साढे ३ खर्ब सम्पत्ति गुमाएका छन्। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३ खर्ब ५७ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

नेप्से परिसूचक यस साता साढे ७ प्रतिशत घटेको छ । गत साता २९७४.४६ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.५६ प्रतिशत अर्थात २२४ दशमलव ८९ अंक घटेर २७४९ दशमलव ५७ विन्दुमा झरेको छ । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन घटेको छ । यस साता बुधबार नेप्से सामान्य अंकले बढेको हो ।

यस साता सेन्सेटिभ इण्डेक्स ८.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ७.७८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.८० अंक घटेको छ । नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ । गत साता दैनिक औसतमा २२ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा १६ अर्ब ९ करोडको मात्र शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २७.८५ प्रतिशत अर्थात ६ अर्ब २१ करोड रुपैयाँ कम हो ।

त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २३.९७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २१.३५ प्रतिशत घटेको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १०.४५ प्रतिशत घटेको छ । गत साता ३९७५.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४१५.५५ अंक घटेर ३५५९.९४ विन्दुमा झरेको छ । त्यस्तै, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६६ प्रतिशत घटेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal