एजेन्सी । टााटा मोर्ट प्रवास ४.० मा अल्ट्रा इभी ७एम विद्युतीय बस सार्वजनिक गरेको छ । टाटा अल्ट्रा एभी ७एममा २१ जना यात्रु बस्न सक्ने कम्पनीले जनाएको छ । यो बसलाई बढी भीड हुने सहर तथा सडकमा सञ्चालन गर्ने गरी डिजाइन गरिएको कम्पनीको भनाय छ ।
कम्पनीले यसका साथै फरक फरकवर्गमा कमर्सियस यात्रुबाहनक सवारी साधन पनि सार्वजनिक गरेको छ । जमा टाटा म्याग्ना इभी, टाटा म्याजिक ब्वाय फ्युल, टाटा अल्ट्रा प्राइम सिएनजी, टााटा विंगर ९एस, टाटा सिटीराइड प्राइम तथा टाटा एपीओ १८२२ पनि छन् ।
कम्पनीका अनुसार यो एभी ७एम बसमा २१३ किलोवाटको मोटर छ । जसका लागि २०० किलोवाट आवरको लिओन ब्याट्री उपलब्ध गराइएको छ । यो ब्याट्री आइपी६७ रेटेड रहेको छ । कम्पनीका अनुसार एक पटक फूल चार्ज भएपछि यो १६० किलोमिटरसम्म गुड्न सक्छ । यो गाडी २.५ घण्टामा फूल चार्ज हुनसक्छ ।
यस मोडेलमा विद्युतीय ब्रेकिङ प्रणाली छ । इलेक्ट्रिनिक स्टेबिलिटी कन्ट्रोल तथा रिजेनरेटिभ ब्रेकिङ प्रविधि पनि छ । यसका साथै विद्युतीय बसमा मोनिटरिङका लागि एक अटोमेटिक प्यासेन्जर काउन्टर र एक एड्भान्स इइन्टेलिजेन्स ट्रान्सपोर्ट सिस्टम पनि रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्