Skip to content
Prabhu

पूर्वीनाकाबाट करिब १५ करोडको खुदो बङ्गलादेश निर्यात

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिब १५ करोड रुपैयाँको खुदा बंगलादेश निकाशी भएको छ । गत आवमा काँकडभिट्टाबाट १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको हो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । उनका अनुसार चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म ३ हजार ५५५.६ मेट्रिक टन अर्थात् ५ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताँछन् । उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने उनी बताउँछन् । आगामी कात्तिक्मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal