Skip to content
Prabhu

आँखुखोला जलविद्युतको महकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो र त्यसमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले अनुमति माग्दा २०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको थियो । तर विद्युत नियमन आयोगले घटाएर चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो । यस अनुसार असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal