Skip to content
Prabhu

सिद्धार्थ बैंकको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको कूल ८१ हजार ५ सय ७० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरु राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङ्गको नाममा रेहको ४१ हजार ५ सय ७० कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त सेयर खरिदको लागि संस्थापक सेयरनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नक्साल काठकाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal