Skip to content
Prabhu

माइ खोला, थ्री स्टार र पिपुल्स हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा आइतबारको कारोबार जारी रहँदा तीन वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा माइ खोला हाइड्रोपावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आइतबारको कारोबार जारी रहँदा माई खोलाको सेयर मूल्य ६८ रुपैयाँले घटेर ६१२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आइतबारको कारोबार जारी रहदा थ्री स्टार हाइड्रोको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ११० रुपैयाँ ७० पैसाले घटेर ९९७ रुपैयाँ २० पैसा पुगेको छ ।

आजको कारोबार जारी हरँदा पिपुल्स हाइड्रोको सेयर मूल्य पनि ४५ रुपैयाँले घटेर ४०७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९६ प्रतिशतले कम हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal