Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९/८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार अधिकतम् ७५ रुपैयाँसम्म बीमितले बोनस पाउने छन् ।

सानिमा रिलायन्सले आव २०७९/८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त गरेको थियो । स्वीकृत बोनसदर अनुसार सावधिक जीवन बीमामा न्यूनतम् ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । त्यस्तै, सावधिक जीवन बीमा एकल बीमापोलिसीमा न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्रिपल सावधिक जीवन बीमा पोलिसीमा न्यूनतम् २० रुपैयाँदेखि अधिकतम् ३० रुपैयाँसम्म बोनस पाउनेछन् । दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँ देखि अधिकतम ३० रुपैयाँ प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजिवन बीमा पोलिसी दीर्घायु र धनसंचय पोलिसीमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

अग्रिम भुक्तानीमा ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउनेछन् भने बार्षिक अग्रिम भुक्तानीमा १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनस पाउनेछन् । बार्षिक मनिब्याक फिक्स डिपोजिटमा २४ रुपैयाँ र सोही पोलिसीको एकल बीमा शुल्कमा ५४ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

सावधिक तथा आजिवन बीमामा ३० रुपैयाँदेखि ६० रुपैयाँ, सावधिक बीमामा ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ । साथै सीमित भुक्तानी सावधिक बीमापोलिसीमा ४० रुपैयाँदेखि ६५ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal