Skip to content
Prabhu

सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डहरूको लाभांश घोषणा

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलद्धारा सञ्चालित ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा गरिएको हो ।

क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई कर सहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal