Skip to content
Prabhu

चितवनमा भारी वर्षाले जनजीवन प्रभावित

काठमाडौं । बिहानदेखिको वर्षाले चितवनको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सडक तथा बस्तीहरु जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागकाअनुसार चितवनको कल्याणपुरमा पछिल्लो ६ घन्टामा १०३ मिलिमिटर वर्षा भएको छ। भरतपुर, माडी‍, झुवानी, रामपुर लगायतका स्थानहरूमा पनि मध्यमदेखि भारी वर्षा भएको छ।

केही स्थानहरू रोकिएका केही स्थानहरूमा पानी परिरहेको छ। वर्षाका कारण खोलाहरु बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रिउ खोला र यसका सहायक नदीका तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

पानी पर्दा म माडीका खहरे खोलाहरू बढेर तटीय क्षेत्रमा क्षति पुर्‍याउँछ। आइतबार बिहान लगातार पानी पर्दा बजारकै सडकहरू जलमग्न भएका छन्। घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध भएको छ।

यो खोलामा पुल निर्माणधीन छ। भरतपुरमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाले नारायणघाट बजार, भरतपुरको स्याउली बजारलगायतका क्षेत्रहरु जलमग्न भएका छन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal