Skip to content
Prabhu

जुम्लाको लामाचौरमा चट्याङ लागेर ५६ भेडा मरे

सुर्खेत । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् । तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीका अनुसार पातरासी–२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेको हुन् । ‘घटनाको पूरै विवरण आइसकेको छैन् । स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ,’ डिएसपी कामतीले भने, ‘प्रहरी टोली घटनास्थल गएको छ ।’

प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ । प्रहरी टोली बिहानै हिंडे पनि भौगोलिक विकटताका कारण पुग्न ढिला भएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने डिएसपी कामतीले बताए । गत साउन १५ गते जुम्लाकै तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal