Skip to content
Prabhu

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरु गरेको छ ।

जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइसमेत गरी वार्षिकोत्सव मनाएका छन् ।

यसैबीच कम्पनीले करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दूर दराजसम्म पुर्‍याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal