Skip to content
Prabhu

खोरङ्गा हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । खोरङ्गा हाइड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रयोजनका लागि साधारणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभा असोज ७ गतेका लागि बोलाइएको छ । सभाले प्रारम्भिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने र कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि तोक्ने एजेण्डा पनि रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal