Skip to content
Prabhu

भारतीय अटो व्यवसायीले भेटे अर्थमन्त्री विष्णु पौडेललाई

काठमाडौं । भारतीय अटो व्यवसायीहरुलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् । नाडा अटो शोको अवसरमा काठमाडौंमा आएका भारतीय व्यवसायीहरुले अर्थमन्त्रीसँग भेट गरेका हुन् ।

पछिल्लो समयमा नेपाली बजारमा चिनियाँ विद्युतीय सावारी साधनको प्रयोग बढिरहेको समयमा भारतीय व्यवसायीहरुले नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा नेतृत्वमा पुगेका व्यवसायीहरुले अर्थमन्त्रीलाई भेट गरेका हुन् । सो भेटमा व्यवसायीहरुले अटो मोबाइल क्षेत्रमा विभिन्न समस्याहरुको विषयमा छफल गरेको बताइएको छ ।

global
अर्घाखाँची सिमेन्ट

सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सका सहसभापति यशपाल साँच्चरको नेतृत्वमा काठमाडौं आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्सका २५ सदसीय प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेटगरी नेपालमा अटोमोबाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरेको छ ।

नाडा र सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सको संयुक्त प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको जनाएको छ । प्रतिनिधि मण्डलमा धेरै जसो ठूला अटो उद्योगीहरुको उपस्थिति थियो । प्रतिनिधिमण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल गरेको थियो

सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दूरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउने विश्वास लिइएको छ ।

नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।

नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबीचको जनस्तरको सम्बन्धसमेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नेपालमा चिनियाँ ईभीको व्यापकता बढिरहेका बेला भारतीय व्यवसायीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नाडा अटो शोमा पनि चिनियाँ गाडीको वर्चश्व देखिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal