Skip to content
Prabhu

इमान्दार भएर सेवा प्रवाह गर्न कर्मचारीलाई मुख्य सचिव अर्यालको निर्देशन

काठमाडौं । मुख्य सचिव एकनाराण अर्यालले आइतबार पदवहाली गर्दै कार्य सम्पादन र सुशासन कायम गर्न दोहोरो चरित्र (डबल स्ट्याण्ड) नदेखाउन इमान्दार भएर सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।

प्रहरी, निजामती, शिक्षकलगायत सार्वजनिक प्रशासनप्रति जनताका धेरै नकारात्मक गुनासाहरू आएको बताउँदै उनले यसलाई चिर्ने गरी कार्यसम्पदान गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्।

‘उनले सेवा प्रवाहमा जनताबाट धेरै गुनासाहरू आएका छन् । ती गुनासाहरूको सम्बोधन हुने गरी काम गर्नुपर्‍यो। त्यसलाई चिर्नुपर्‍यो। निजामती प्रशासनले आफ्ना मूल्य मान्यतामा रहेर जनतालाई सेवा दिनुपर्यो,’ मुख्यसचिव अर्यालले भने, ‘जनतालाई महशुस हुनेगरी सेवा दिनुपर्छ। त्यसका लागि म समन्वयनका लागि तयार छु।’

उनले विकास निर्माण, सेवा प्रवाह र तीनै तहको सरकारसँग समन्वयन र व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए। मुख्यसचिव अर्यालले पदको दुरूपयोग गरेर कुनै पनि काम नगर्न कर्मचारीलाई निर्देशन समेत दिए। उनले सेवाग्राहीलाई मार पर्ने कुनै पनि काम नगर्न आग्रह गरे। मुख्यसचिव अर्यालले भने– हुन्छ भने हुन्छ भन्नू, हुन्न भने हुन्न भन्नू तर, सेवाग्राहीको काम रोकेर नराख्नू।

राष्ट्र सेवक कर्मचारमा राष्ट्रिय भावनाको कमी देखिएको भन्दै उनले कर्मचारीमा राष्ट्रिय भावना बढ्नुपर्ने बताए। उनले संघीयताको सवलीकरण गर्न आवश्यक कानुनहरू निर्माणमा आफू तदारुकताका साथ लाग्ने बताए।

काम नगरेकै कारण निजामती कर्मचारीको आलोचना भइरहेको उनको भनाइ छ। ‘कर्मचारीहरू सिंहदरबारमा मात्रै थुप्रिने तर,नजिकैको काठमाडौं जिल्ला प्रशासनमा कर्मचारीको अभाव हुने गरेको छ,यसको अन्त्य गर्छ,’ उनले भने। मुख्यसचिव अर्यालले सिंहदरबारमा कर्मचारी हाजिर गरेर भाग्ने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal