Skip to content
Prabhu

सेयर बजार घट्दा पनि यी ५ कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाए

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले घटेर बन्द भयो । कारोबार रकमसहित उच्च अंकको गिरावट आएको दिन ३१ कम्पनीको सेयर मूल्य बढ्यो । त्यसमा पनि एक कम्पनीको सेयर मूल्यमा त सकारात्मक सर्किट नै लाग्यो ।

आजको कारोबार बन्द हुँदा सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज यो कम्पनीको सेयर मूल्य ९६ रुपैयाँले बढेर १ हजार ५६ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज हिमालयन पावर पाटर्नको सेयर मूल्यपनि ९.८७ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ३८ रुपैयाँले बढेर ४२३ रुपैयाँ पुगेको छ ।

आज कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्य १७७ रुपैयाँ ३० पैसाले बढेर २ हजार २०९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ८.७३ प्रतिशतले धेरै हो । आइतबारको कारोबार बन्द हुदा सानीमा लार्ज क्याप फण्डको सेयर मूल्यमा पनि ८.४४ प्रतिशतको वृद्धि भएको छ ।

यो कम्पनीको सेयर मूल्य ०.७९ रुपैयाँले बढेर १० रुपैयाँ १५ पैसा पुगेको छ । आइतबार सनराइज ब्लुचिप फण्डको सेयर मूल्य पनि प्रतिकित्ता ६.७८ प्रतिशतले बढेको छ । यो स्टकको सेयर मूल्य ०.६२ रुपैयाँले बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal