Skip to content
Prabhu

३ हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने ५ कम्पनी

काठमाडौं । सेयर बजारमा आइतबारको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा माइखोला हाइड्रोपावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आइतबारको कारोबार बन्द हुँदा माईखोलाको सेयर मूल्य ६८ रुपैयाँले घटेर ६१२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो । त्यस्तै आइतबार पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा पनि उच्च गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ २० पैसाले घटेर ४०६ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।

त्यस्तै थ्रीस्टार हाइड्रोको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ११० रुपैयाँ ७० पैसाले घटेर ९९७ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३४० रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९१ प्रतिशतले कम हो । त्यस्तै आइतबार नेपाल फाइनान्सको सेयर मूल्य पनि ९.५३ प्रतिशत अर्थात् १८१ रुपैयाँले घटेर १ हजार ७१९ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal