Skip to content
Prabhu

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ । अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमरा विमानस्थल दिउँसोसम्म पनि बन्द छन् । आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (र्आइएफआर) उडान मात्र भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरा विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा काठमाडौं–पोखरा कुनै पनि उडान भएको छैन । पोखरा–काठमाडौं दुई उडान भएको छ ।

मौसमका कारण भरतपुर, पोखरा र नेपालगन्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal